पोखरा १३: नेपाली कांग्रेसका कार्यकर्ता एमाले प्रवेश, एमाले सबै अट्ने पार्टी होः थापा

कास्की | बैशाख २५, २०७९

पोखरा १३: नेपाली कांग्रेसका कार्यकर्ता एमाले प्रवेश, एमाले सबै अट्ने पार्टी होः थापा


पोखरा:    पोखरा महानगरपालिका १३ मा नेपाली कांग्रेस परित्याग गरि ९ जना कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।

 

नेपाली कांग्रेसमा क्रियासिल रहेका इमाफिल मियाँ, नुर मोहम्मद, हसन अली, कलाम दिन, युसुफ दिन, तैयब अली, जुनेद अली, जैनुल अलि र अस्लम मियाँ एमाले प्रवेश गरेका हुन् ।

 

नवप्रवेशी उनीहरुलाई पोखरा महानगर प्रमुख पदका एमाले उम्मेदवार कृष्ण थापाले खादाद्वारा स्वागत गरे । सो अवसरमा बोल्दै थापाले नेकपा एमालेमा सबै समुदाय र जातजाति अट्ने धारणा राखे । 

 

उनले एमालेले जनतालाई सुख र दुखमा साथ दिने पार्टी भएको बताउदै  बृद्धभत्ताको व्यवस्था गरेको स्मरण गराए । उनले नवप्रवेशी कार्यकर्तालाई आगामी चुनावमा  एमाले उम्मेदवारलाई विजयी गराउनको लागि पहल गर्न आग्रह गरे ।
थापाले फरक प्रसंगमा बोल्दै पोखराको विकास नेकपा एमाले बाहेक कुनै पनि पार्टीले गर्न नसक्ने टिप्पणी गरे । उनले वडा नम्बर १३ पोखरा महानगर भरिकै नमुना वडा भएको बताउँदै एमालेका उम्मेदवारले जितेको खण्डमा बाँकी रहेका कामहरु पूरा हुने बताए । 

 

उनले आफुलाई मेयरमा विजयी गराउन अनुरोध गर्दै नागरिकमैी सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए । 

 

यसैगरी उपप्रमुखका उम्मेदवार मञ्जुदेवी गुरुङले आफुलाई मात्रै नभई पोखरा महानगरभर नै एमालेलाई जिताउन अपील गरिन् । उनले आफुसँग ५ वर्षको कार्य अनुभव रहेको बताउदै महिला, जेष्ठनागरिक, अपाङ्ग तथा पिछडावर्गको उत्थानमा लाग्ने प्रतिवद्धता जनाइन्  ।

 

आवश्यक  पूर्वाधारको विकासलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताउदै भनिन्, ‘हामीले आधारभुत आवश्यकतासँग जोडिएका विकास निर्माणका कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नेछौ ।’
गुरुङले वडा १३ पोखरा महानगर मध्येको सबैभन्दा उत्कृष्ट र नोटिसेबल वडा रहेको उल्लेख गर्दै वडा अध्यक्ष दर्शन लामाको कार्यकुशलतालाई खुलेरै प्रसंशा गरेकी थिइन् । 

 

पोखरा १३ स्थित मियाँपाटन चोकमा आयोजित चुनावी सभामा जीवन दाहाल लगायतको कलाकारको बेजोड प्रस्तुती रहेको थियो । भने कास्की एमालेका उपसचिव तथा पोखरा १३ का वडा अध्यक्ष दर्शन लामाले कार्यक्रम सञ्चालन गरेका थिए । 

पोखरा:   लेखक, इतिहासकार तथा अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमुलक इतिहासका दुइ पुस्तक बजारमा आएका छन् ।   ‘‘मगर जातिको इतिहास’’ र “भर्तीको फन्...

थप पढ्नुहोस्

पोखरा:  नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा पत्रकार मोहन घलेले आर्थिक सहयोग गरेका छन् ।    पत्रकार घलेले अक्षयकोषमा नगद १० हजार...

थप पढ्नुहोस्

पोखरा:   मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ ।   प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रद...

थप पढ्नुहोस्